Premier Cables

विराटनगर

मोरङमा किताब बेचेर महावीर पुनले कति रकम उठाए ?, फेसबुकमा विवरण सार्वजनिक

Calendar आइतबार, जेठ १८, २०८२  | अपराह्न १२:३६ बजे

विराटनगर । केही अघिसम्म महावीर पुन मोरङका विभिन्न जिल्लाका बजारहरुमा किताब बिक्री गर्दै गरेको भेटिएका थिए ।

सरकारी कार्यालय हाटबजार, कार्यक्रम स्थलमा उनी आफ्नो किताब बिक्री गर्न हिँडेको देखिएको थियो । स्वस्फुर्त रुपमा उनले मानिसहरुलाई आफ्नो पुस्तक खरिद गर्न आग्रह गरिरहेका हुन्थे ।

बिज्ञापन

तिनै पुनले मोरङबाट किताब बिक्री गरेर उठेको रकम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले राष्ट्रिय आविष्कार केन्द्रको नाममा जम्मा रकम जम्मा गरेको बैंक भौचर सार्वजनिकसमेत गरेका छन् । ती विवरण पुनकाे फेसबुक पेजमा हेर्र सकिन्छ ।

यस्तो छ उनको फेसबुक पोस्टको स्टाटस : लुट्न सके लुट् जेठा–मोरङ जिल्लाको केही गाँउ र नगरपालिकाहरूका सर्वसाधारण जनताहरुलाई किताब बेचेर ‘लुटेको पैसा’ लाई राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरेको बैंक भौचर हेर्नुहोस् । यसरी पैसा ‘लुटे’ पछि पाप नलागोस् भनेर बीरगञ्ज कृषि औजार कारखाना चलाएर साना कृषकहरुलाई चाहिने औजार बनाई सस्तो,बलियो र गुणस्तरको औजार उपलब्ध गराइने छ र पाप कट्टी गरिनेछ ।

उनले आफ्नो संघर्षको कथा समेटिएको ‘महावीर पुन’ नामक पुस्तक प्रकाशन गरेका छन् । वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन् ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो