Premier Cables
Premier Steel

राजनीति

रास्वपाद्वारा प्रवक्ता, कोषाध्यक्षसहित विभिन्न विभागका प्रमुखहरू मनोनीत

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ४:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केही पदाधिकारी तथा विभागीय प्रमुखहरूको मनोनयन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहमहामन्त्रीसहित विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी टुंगो लगाएको हो।

बिज्ञापन

बैठकले जगदीश खरेललाई पार्टीको प्रवक्तामा मनोनीत गरेको छ। पार्टी नेता मनिष झाका अनुसार सहप्रवक्ताको जिम्मेवारी ननिता यादव र सुरेन्द्र चौधरीलाई दिइएको छ।

त्यसैगरी मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष र पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा मनोनीत गरिएको छ। उपसभापति र महामन्त्रीसहितका अन्य पदहरूमा भने मनोनयन गर्न बाँकी छ।

पदाधिकारी मनोनयनसँगै बैठकले सांगठनिक तथा विभागीय जिम्मेवारीसमेत बाँडफाँड गरेको छ। जसअनुसार केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ।

पूर्वकोषाध्यक्ष एवं सांसद लीमा अधिकारीलाई अर्थ विभाग प्रमुखका रूपमा अनुमोदन गरिएको छ भने प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी महामन्त्री विपिन आचार्यले नै सम्हालेका छन्। प्रशिक्षण विभागको उपप्रमुखमा सांसद कमल सुवेदी मनोनीत भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka