Premier Cables
Premier Steel

स्वास्थ्य

निजामती कर्मचारी अस्पतालमा आइतबार विशेष ओपिडी सेवा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालका अनुसार आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने विशेष ओपिडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी (इएनटी), रेडियोलोजी र प्याथोलोजीलगायतका सेवा उपलब्ध हुनेछन् ।

बिज्ञापन

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा विशेष ओपिडीमा थप विशिष्टीकृत सेवा पनि विस्तार गरिनेछ ।

निजामती कर्मचारी तथा परिवारलाई अस्पतालमा सेवा लिन लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सहज रूपमा उपचार सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka