Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा मनसुनजन्य विपद्को कहर: एक दशकमा ५४३ जनाको मृत्यु, चट्याङ र पहिरो सबैभन्दा घातक

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | अपराह्न २:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का कारण ५ सय ४३ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयको विपद् पोर्टल (bipadportal.gov.np) को तथ्याङ्क अनुसार विक्रम संवत २०७३ वैशाखदेखि २०८२ चैतसम्मको एक दशकमा बाढी, पहिरो, चट्याङ र भारी वर्षाका कारण उक्त संख्यामा मानवीय क्षति भएको हो।

विगत १० वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा कोशी प्रदेशमा सबैभन्दा बढी नागरिकको ज्यान चट्याङ र पहिरोका कारण गएको देखिन्छ। यस अवधिमा चट्याङ लागेर मात्रै २०३ जनाको मृत्यु भएको छ भने पहिरोमा परेर २०१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, बाढीका कारण १३३ जना र भारी वर्षाका कारण ६ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।

बिज्ञापन

प्राकृतिक विपद्मा परेर ज्यान गुमाउने मात्र नभई ठुलो संख्यामा नागरिकहरू बेपत्ता र घाइते समेत भएका छन्। १० वर्षको अवधिमा ८६ जना नागरिक अझै बेपत्ता छन्, जसमा बाढीका कारण ५८ जना र पहिरोका कारण २८ जना रहेका छन्। विपद्का विभिन्न घटनामा परी ८६२ जना घाइते भएका छन्। घाइते हुनेहरूमा सबैभन्दा ठुलो संख्या चट्याङबाट प्रभावित हुनेहरूको छ, जहाँ ६५० जना चट्याङकै कारण घाइते भएका छन्।

एक दशकको अवधिमा कोशी प्रदेशमा कुल ३ हजार ५८ वटा मनसुनजन्य विपद्का घटनाहरू दर्ता भएका छन्। यी घटनाहरूबाट २२ हजार ३ सय ६४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। भौतिक क्षतितर्फ १० हजार ८ सय ७० घरमा आंशिक र २ हजार ५ सय ५९ घरमा पूर्ण क्षति पुगेको छ। यस्तै ८६ वटा पुल, ५०५ वटा गोठ क्षति हुनुका साथै १ हजार ४ सय ६१ पशुचौपायाको मृत्यु भएको छ।

तथ्याङ्क अनुसार कोशी प्रदेशले यो एक दशकमा मनसुनजन्य विपद्का कारण मात्रै अनुमानित १५ करोड ४६ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ। सबैभन्दा बढी आर्थिक क्षति पहिरोका कारण ६ करोड ५१ लाख ८ हजार र बाढीका कारण ६ करोड ९५ लाख १ हजार रुपैयाँ बराबरको भएको छ।

विपद् पोर्टलको यो तथ्याङ्कले कोशी प्रदेशमा मनसुन सुरु भएसँगै बाढी र पहिरो मात्र नभई चट्याङसमेत जनधनको क्षतिको एक प्रमुख र घातक कारण बन्दै गएको देखाउँछ। भविष्यमा हुने यस्ता मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनका रणनीतिहरूलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता यो तथ्याङ्कले औंल्याएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa