Premier Cables
Premier Steel

विराटनगर

विराटनगरस्थित मोरङ कारागारभित्र खानतलासी: कैदीबन्दीद्वारा नाराबाजी र विरोध

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०१, २०८३  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला कारागार मोरङभित्र लागुऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको गोप्य सूचनाका आधारमा सोमबार बिहानैदेखि सुरक्षाकर्मीले व्यापक खानतलासी सुरु गरेका छन्।

कारागार प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरी कारागारका विभिन्न ब्लक तथा कक्षहरूमा कडा तलासी लिइरहेको छ।

विज्ञापन

यसैबीच, सुरक्षाकर्मीको टोली खानतलासीका लागि भित्र प्रवेश गरेलगत्तै कैदीबन्दीहरूले भने उक्त कदमको तीव्र विरोध गर्दै नाराबाजी गरेका छन्। कारागारभित्रबाट कैदीबन्दीको नाराबाजी र होहल्ला जारी रहेपछि स्थिति नियन्त्रणमा लिन कारागार परिसर र बाहिरसमेत अतिरिक्त सुरक्षा बल तैनाथ गरिएको छ।

कारागार प्रशासनका अनुसार सुरक्षा व्यवस्था चुस्त बनाउन र अवैध वस्तुको ओसारपसार तथा प्रयोग रोक्नका लागि यो आकस्मिक अपरेसन चलाइएको हो। खानतलासीको पूर्ण विवरण र बरामद वस्तुका बारेमा भने अपरेसन सकिएपछि मात्र जानकारी दिइने बताइएको छ। हाल कारागार परिसरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka