Premier Cables
Premier Steel

अपराध

जिल्ला कारागार मोरङमा एक बन्दीको मृत्यु

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २५, २०८२  | राती ९:०४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको जिल्ला कारागारमा थुनामा रहेका एक बन्दीको शनिबार दिउँसो मृत्यु भएको छ।

उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको कोशी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बिज्ञापन

कारागारका जेलर गौरव ढुंगेलका अनुसार सार्की लागुऔषध सम्बन्धी मुद्दामा थुनामा थिए। जिल्ला अदालत मोरङको आदेशअनुसार २०८१ पुस २९ गते उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ताको समस्या देखिएपछि सार्कीलाई शनिबार दिउँसो १:२५ बजे कोशी अस्पताल भर्ना गरिएको थियो। तर, अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपछि १:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

शव परिवारको जिम्मा लगाइएको छ। पोस्टमार्टमका लागि कारागार प्रशासनले पहल गरे पनि आफन्तले अस्वीकार गरेपछि बिना पोस्टमार्टम शव बुझाइएको जेलर ढुंगेलले जानकारी दिए।

हाल मोरङ जिल्ला कारागारमा झन्डै १,२०० कैदीबन्दी रहेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka