विराटनगर। मोरङ प्रहरीले ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–९, डाइनिया मुस्लिम टोल निवासी जफरुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन आफ्नै घर नजिकको बारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
बिज्ञापन
घटनाको अनुसन्धानका क्रममा सोही स्थानका ५१ वर्षीय जान महमद मन्सुरीको संलग्नता देखिएपछि प्रहरीले उनलाई साउन २० गते उनकै घरबाट पक्राउ गरेको जनाएको छ।