Premier Cables
Premier Steel

अन्तराष्ट्रिय अपराध

श्रीलङ्कामा एक हजारभन्दा बढी विदेशी पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | साँझ ४:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर |श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगीविरुद्धको कारबाहीलाई तीव्र बनाउँदै यस वर्ष हालसम्म सञ्चालन गरिएका २७ वटा अभियानबाट एक हजार ९३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

सङ्गठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल नियन्त्रण तथा ध्वस्त पार्ने उद्देश्यले विशेष कारबाही अघि बढाइएको प्रहरी प्रवक्ता एफयु वुटलरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

बिज्ञापन

प्रवक्ता वुटलरका अनुसार साइबर अपराध श्रीलङ्काका लागि प्रमुख सुरक्षा चुनौतीका रूपमा देखापरेको छ। आपराधिक समूहले श्रीलङ्का तथा विदेशमा रहेका व्यक्तिलाई लक्षित गर्दै डिजिटल माध्यम, सामाजिक सञ्जाल र अनलाइन वित्तीय प्रणालीको प्रयोग बढाउँदै लगेका छन्।

प्रहरीका अनुसार सन् २०२४ मा साइबर अपराधसँग सम्बन्धित २६ वटा कारबाहीमा ५७३ जना विदेशी नागरिक पक्राउ परेका थिए। सन् २०२५ मा भने दुईवटा कारबाहीमा २६ जना विदेशी पक्राउ परेका थिए। यस वर्ष पक्राउ पर्ने विदेशी नागरिकको सङ्ख्या अघिल्ला दुई वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ।

प्रवक्ता वुटलरले अनलाइन वित्तीय अपराध नियन्त्रण तथा आपराधिक सञ्जाल रोक्न रक्षा मन्त्रालय र प्रहरी महानिरीक्षकको निर्देशनमा विभिन्न निकायबीच समन्वय गरी विशेष अभियान सञ्चालन भइरहेको बताउनुभयो।

कारबाहीका क्रममा पक्राउ परेका विदेशी नागरिकलाई निर्वासन गर्ने वा सम्बन्धित देशमा फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो।

श्रीलङ्काली प्रहरीले घरधनी, होटल सञ्चालक तथा व्यावसायिक भवनका मालिकलाई आफ्नो परिसर भाडामा लिन आउने विदेशी नागरिकको पहिचान र आवश्यक कागजात सावधानीपूर्वक जाँच गर्न आग्रह गरेको छ। विदेशी नागरिक भाडामा बस्ने वा भाडामा लिएको परिसरबाट बाहिरिने अवस्थामा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता वुटलरले बताउनुभयो।

प्रहरीका अनुसार केही साइबर अपराधी सञ्जालले भाडाका घर, अपार्टमेन्ट, होटल तथा व्यावसायिक भवनलाई आपराधिक गतिविधि सञ्चालन गर्ने आधारका रूपमा प्रयोग गर्दै आएका छन्। त्यसैले यस्ता स्थानमा बस्ने विदेशी नागरिक र उनीहरूको गतिविधिप्रति आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

श्रीलङ्काली प्रहरीले अनलाइन ठगी तथा वित्तीय अपराधमा संलग्न सञ्जालको पहिचान, नियन्त्रण र विघटनका लागि आगामी दिनमा पनि संयुक्त तथा विशेष कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa