Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा पूर्व-पश्चिम राजमार्गको डाइभर्सन बग्यो, यातायात संचालन बन्द

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शनिबार, जेठ १७, २०८२  | राती ८:५० बजे

बिर्तामोड । बिहानदेखि परेको वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बिज्ञापन

बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । सवारी आवागमनका लागि सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रूट प्रयोगमा ल्याइएको छ ।

सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत जनाएको छ ।

थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउनसक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka