Premier Cables
Premier Steel

समाचार

राष्ट्रिय राजमार्ग बिहानैदेखि अवरुद्ध

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | बिहान ९:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन् ।

कालीगण्डकी करिडोर बागलुङखण्ड र मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएका हुन् ।

बिज्ञापन

गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरूद्ध भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोलाखण्डको निसीखोला गाउँपालिका–४ कानाबजारनजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको सूचना अधिकारी त्वातीले जानकारी दिए ।

सडक अवरूद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa