Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

हसिनालाई बोल्न दिएको भन्दै भारतप्रति बङ्गलादेश असन्तुष्ट

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | अपराह्न २:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीबाट मिडियासँग प्रत्यक्ष कुराकानी गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा हसिनालाई सार्वजनिक कार्यक्रममा सहभागी हुन र अभिव्यक्ति दिन भारतले अनुमति दिएको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरिएको छ ।

बिज्ञापन

बङ्गलादेशले हसिनामाथि सन् २०२४ को जुलाई–अगस्ट आन्दोलनका क्रममा नागरिकमाथि सामूहिक अपराध गरेको आरोप लगाउँदै आएको छ । मन्त्रालयले भारतमा भएको हसिनाको सार्वजनिक उपस्थिति जुलाई क्रान्तिका शहीदहरूको अपमान भएको दाबी गरेको छ ।

विज्ञप्तिमा सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिअनुसार दोषी ठहर भएकी हसिनालाई बङ्गलादेश फर्काउन भारतसँग आग्रह गरिए पनि कुनै प्रतिक्रिया नआएको उल्लेख गरिएको छ ।

बङ्गलादेशले भारतसँग आपसी सम्मान र सार्वभौम समानताको आधारमा सम्बन्ध कायम राख्न चाहेको भए पनि हसिनालाई सार्वजनिक रूपमा बोल्ने अवसर दिनुले द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी दिएको छ ।

यसअघि हसिनाले आफू कुनै पनि परिणामको सामना गर्न तयार रहेको भन्दै आगामी डिसेम्बरमा स्वदेश फर्कने इच्छा व्यक्त गरेकी थिइन् ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa