Premier Cables
Premier Steel

कोशी प्रदेश

जेनजी उपलब्धि स्विकार्न मुख्यमन्त्री कार्कीलाई सकस, परिवर्तन नभएर ‘विध्वंश’ भएको टिप्पणी

Calendar बुधबार, पुष १६, २०८२  | अपराह्न १२:१६ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले जेनजी आन्दोलन परिवर्तनका लागि नभई विध्वंस मात्र भएको भन्दै नकारात्मक टिप्पणी गरेका छन् । पछिल्लो आन्दोलनलाई आत्मसात गर्न नसकेका कार्कीले यसअघि पनि यस्तै किसिमको अभिव्यक्ति दिदैँ आएका थिए ।

उनले देशको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाप्रति ठिक नभएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बुधबार विराटनगरमा आयोजित उद्घाटन कार्यक्रममा कार्कीले भदौ २३ २ २४ गते भएका घटनाक्रमलाई नेपालको इतिहासमा ‘विध्वंश’ भएको बताए ।

बिज्ञापन

पछिल्लो समय युवा पुस्तामा देखिएको जेनजी आन्दोलनलाई सुधारको संकेत नभई विनाशकारी गतिविधि भएको बताए । उनले भने,‘‘यो विध्वंश नै थियो ।’’

उनले कार्यक्रममा सहभागी गृहमन्त्री ओमप्रकाश अर्याललाई राजनीीतक कार्यकर्ता समेत भने । ‘‘२०५० सालमा ल क्याम्पस पढ़न आउँदा हामीले उहाँलाई स्वागत गरेका थियौं । तर आज उहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यहाँ हिजोको राजनीतिक सरकार र आजको सरकारबीच आकाश पातालको फरक देखिएको
छ।’’

त्यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीलाई ‘गुरुआमा’ भन्दै उनले वर्तमान सरकार पूर्णतः गैरदलीय भएको जिकिर गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka