Premier Cables

कोशी प्रदेश

गणतन्त्र सुदृढीकरणमा सबै एकजुट बनौं: मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०३, २०८२  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सात दशक लामो संघर्ष र बलिदानपछि, वि.सं. २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधान नेपालका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएको उल्लेख गर्दै, यसको संरक्षण र कार्यान्वयनमा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

विज्ञापन

उनले संविधान दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, हालै भदौ २३ गते भ्रष्टाचार विरुद्धको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन, पारदर्शिता कायम गर्ने दिशामा सक्रिय रहेको उल्लेख गर्दै, सामाजिक तथा आर्थिक विकासमा तीव्रता दिई समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु वर्तमानको प्रमुख जिम्मेवारी भएको बताए ।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा आह्वान गरे ।

युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सकारात्मक रूपमा प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्यप्रति कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए।

मुख्यमन्त्री कार्कीले संविधान दिवस सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोपरि मानेर विवेकपूर्ण ढंगले अघि बढ्न प्रेरणा दिने दिवस भएको विश्वास व्यक्त गरे ।‌

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka