Premier Cables
Premier Steel

अर्थ विराटनगर समाचार

नीति, कार्यक्रम तथा बजेटका विषय समेटिएको पुस्तिका सार्वजनिक

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १९, २०८३  | साँझ ४:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटसम्बन्धी विषयवस्तु समेटिएको पुस्तक सार्वजनिक गरेको छ ।

पुस्तक सार्वजनिक गर्दै महानगरपालिका कावा अध्यक्ष मधुबाबु तिवारीले महानगरपालिकाभित्र सञ्चालित योजना र नीति तथा कार्यक्रम एवं बजेटमा समावेश विषयवस्तुबारे नगरवासीलाई जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बिज्ञापन

पुस्तकमा समावेश भएका योजना र कार्यक्रमबारे आमजनतालाई सुसूचित तुल्याउने उद्देश्यले पुस्तक तयार गरी सार्वजनिक गरिएको महानगरपालिकाका– ११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले बताउनुभयो ।

कूल रु तीन अर्ब ६८ करोड ४७ का योजना तथा कार्यक्रम समावेश भएको त्यस पुस्तकबाट योजना कार्यान्वयनबारे जानकारी लिन र कार्यान्वयन गर्न सहज हुने विश्वास लिइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पुस्तकले जनप्रतिनिधिलाई जिम्मेवारी र दायित्वको बोध गराउने बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa