Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

एयर इन्डियाको उडानमा टर्बुलेन्स, यात्रु र चालक दलका सदस्यहरू घाइते

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १९, २०८३  | अपराह्न ३:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | फुकेटबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान एआई–२३७९ मा अचानक टर्बुलेन्स आएपछि केही यात्रु तथा चालक दलका सदस्य सामान्य घाइते भएका छन्।

उडानका क्रममा आएको टर्बुलेन्सपछि पाइलटहरूले हवाई ट्राफिक नियन्त्रण (एटीसी) को सहयोगमा स्थिति नियन्त्रणमा लिँदै विमानलाई सुरक्षित रूपमा नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गराएका थिए। विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको जनाइएको छ।

बिज्ञापन

एयर इन्डियाका अनुसार घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्य गम्भीर रूपमा घाइते भएका छैनन्। कम्पनीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा यात्रु र चालक दलको सुरक्षा कम्पनीको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै टर्बुलेन्सबाट प्रभावित सबैलाई आवश्यक सहयोग उपलब्ध गराइएको बताएका छन्।

कम्पनीले घटनाको अनुसन्धानका क्रममा सम्बन्धित निकायलाई पूर्ण सहयोग गरिरहेको पनि जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa