Premier Cables
Premier Steel

राजनीति विराटनगर समाचार

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने, भने : ‘म उपयुक्त पात्र हुँ’

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १८, २०८३  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान परिस्थितिमा मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । नेकपा एमालेभित्रबाट राजीनामाका लागि दबाब बढे पनि उनले पार्टीको औपचारिक निर्णयबिना पद नछाड्ने संकेत गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले पार्टी र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढ्न तथा राजनीतिक समस्या समाधान गर्न आफू उपयुक्त व्यक्ति रहेको दाबी गरे । सोमबार पार्टी र संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रियाअनुसार अघि बढ्ने बताए ।

बिज्ञापन

‘नेकपा एमाले अहिले राष्ट्रिय राजनीतिमा जुन अवस्थामा छ, त्यसलाई हेर्दा प्रदेशसभाभित्र मै उपयुक्त पात्र हुँ भन्ने मेरो विश्वास छ,’ कार्कीले भने ।

उनका अनुसार पार्टी अध्यक्षले आगामी कदमबारे जानकारी मागेको र आफूले विधि तथा व्यक्तिका विषयमा आफ्ना धारणा स्पष्ट राखेको बताए ।

यसैबीच, एमाले संसदीय दलभित्र मुख्यमन्त्री कार्कीलाई हटाउन हस्ताक्षर संकलन भइरहेको छ । तर कार्कीले आफू संसदीय दलको नेताका हैसियतले मात्रै नभई संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेको दाबी गरे ।

‘म संसदीय दलको नेता मात्र भएर मुख्यमन्त्री भएको होइन,’ उनले भने, ‘६५ भन्दा बढी प्रदेशसभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो । यो उपधारा ५ अनुसार बनेको सरकार हो र आफ्नै ढंगले अघि बढ्छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa