Premier Cables
Premier Steel

अन्तराष्ट्रिय राजनीति

पहिलो पटक सार्वजनिक हुँदै शेख हसिना, दिल्लीबाट सम्बोधन गर्ने तयारी

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १८, २०८३  | अपराह्न १२:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इन्डिया का अनुसार हसिनाले आगामी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने एक भर्चुअल कार्यक्रममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।

नयाँ दिल्लीस्थित ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ (एफसीसी साउथ एसिया) ले आयोजना गर्न लागेको कार्यक्रममा हसिनाले आफ्नो राजनीतिक भविष्य, बंगलादेश फर्किने सम्भावना र पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन

कार्यक्रम साँझ ६ बजेदेखि ७ः३० बजेसम्म नयाँ दिल्लीस्थित सर मार्क टली अडिटोरियम, मथुरा रोडमा आयोजना हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण क्लबका सामाजिक सञ्जालमार्फत गरिने आयोजकले जनाएको छ ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनबाट सुरु भएको विरोध प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बंगलादेश छाडेकी थिइन् । प्रदर्शन हिंसात्मक बनेपछि उनी भारत पुगेकी थिइन् । उनको बहिर्गमनसँगै बंगलादेशमा करिब १६ वर्ष लामो अवामी लिग नेतृत्वको शासन अन्त्य भएको थियो ।

हसिनाको सत्ताबाट बाहिरिएको दोस्रो वर्ष पुगेको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा बंगलादेशका पूर्वमन्त्री, राजनीतिक नेता, कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका विश्लेषकहरूको सहभागिता रहने बताइएको छ ।

कार्यक्रममा हसिनाका छोरा तथा पूर्वसूचना तथा सञ्चार प्रविधि सल्लाहकार सजिब वाजेद जोय, पूर्वशिक्षामन्त्री मोहिबुल हसन चौधरी नोफेल, मानवअधिकारकर्मी मोहम्मद अली सिद्दीकी, पूर्वक्रिकेटर तथा पूर्वसांसद शाकिब अल हसन, पूर्वकूटनीतिज्ञ अमिनुल हक पोलाशलगायत सहभागी हुने जनाइएको छ ।

हसिना भारतमा रहेकै अवस्थामा बंगलादेशको राजनीतिमा भने ठूलो परिवर्तन आएको छ । उनको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । त्यसपछि भएको आम निर्वाचनपछि बंगलादेशमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा नयाँ सरकार बनेको छ । बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री बनेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa