Premier Cables
Premier Steel

अन्तराष्ट्रिय राजनीति समाचार

अमेरिकाले इरानमाथिको सैन्य हमला तत्कालका लागि रोक्यो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १७, २०८३  | अपराह्न १२:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित सैन्य हमला तत्कालका लागि स्थगित गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले इरान र मध्यपूर्वका केही देशसँग सम्झौताको प्रारम्भिक रूपरेखा बनेपछि आक्रमण रोकिएको बताएका हुन्।

रिपोर्टअनुसार, साउदी अरब, कतार, यूएई, टर्की र पाकिस्तानको कूटनीतिक पहलपछि अमेरिका–इरान तनाव कम गर्ने प्रयास तीव्र बनेको थियो। होर्मुज स्ट्रेट खुला गर्ने र इरानको आणविक कार्यक्रमलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ।

बिज्ञापन

यद्यपि, इरानले आफ्नो सार्वभौमसत्तामाथि कुनै पनि आक्रमण भए कडा जवाफ दिने चेतावनी दोहोर्‍याएको छ। विश्लेषकहरूले हाल हमला रोकिए पनि अमेरिका–इरानबीचको तनाव पूर्ण रूपमा अन्त्य नभएको र अवस्था अझै संवेदनशील रहेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa