Premier Cables

अर्थ विराटनगर समाचार

सुनसान बन्यो विराटनगर बजार : न ग्राहक आए, न आन्दोलनकारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १५, २०८३  | अपराह्न २:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | सामाजिक सञ्जालमा शुक्रबार विराटनगर बजार बन्द रहने भन्ने व्यापक प्रचार भएपछि दिनभरि विराटनगरको मुख्य बजार क्षेत्र सुनसान बनेको छ। बजार पूर्ण रूपमा बन्द नभए पनि अधिकांश व्यापारी अन्योलका बीच पसल खोलेर बसे, तर अपेक्षाअनुसार ग्राहक भने आएनन्।

हिजो संयुक्त हिन्दू मोर्चाको नाम जोडेर सामाजिक सञ्जालमा शुक्रबार बजार बन्द रहने सन्देश व्यापक रूपमा फैलिएको थियो। त्यसपछि शुक्रबार बिहान केही युवाले केही स्थानमा टायर बालेर प्रदर्शन गर्ने प्रयास गरेका थिए। प्रहरीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको थियो।

विज्ञापन

त्यसपछि न त बजार बन्द गराउन थप प्रदर्शन भयो, न कुनै ठूलो विरोध कार्यक्रम नै देखियो। तर बिहानको घटनापछि र सामाजिक सञ्जालमा फैलिएको सूचनाका कारण सर्वसाधारण बजार आउन हिच्किचाएको व्यापारीहरू बताउँछन्।
व्यापारीहरूले भविष्यमा आधिकारिक सूचनामात्र विश्वास गर्न र कुनै पनि कार्यक्रमबारे स्पष्ट जानकारी समयमै सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
उनीहरूका अनुसार, अनिश्चितता र अफवाहको असर अन्ततः दैनिक व्यापार र सर्वसाधारण दुवैमा पर्ने गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka