Premier Cables
Premier Steel

अपराध अर्थ विराटनगर समाचार

अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १५, २०८३  | अपराह्न १:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | नेपाली कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी मुद्दा दायर भएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।उनले व्यवसायी श्रेष्ठको बूढानीकलण्ठको घरजग्गाका साथै गाडीहरू समेत कब्जा गरेको आरोप छ ।
व्यवसायी श्रेष्ठको गाडी कब्जा गरेर कवाडीमा बेच्ने काम पनि गरेको अनुसन्धानमा देखिएको छ ।ना १ क १७३७ नम्बरको स्काभेटर उनले ३० लाखमा कवाडीमा बेचेको पाइएको छ । त्यस्तै व्यवसायीको श्रेष्ठको लु १ क १५०६ नम्बरको टिपर ४० लाखमा बेचेको पनि भिडियो प्रमाण फेला परेको सीआईबीले बताएको छ । श्रेष्ठ कन्ट्रक्सन प्रालिको नबिल बैंकको खाली चेक जबरजस्ती लिई ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ बराबरको उल्लेख गरी बाउन्स गरी ठगी गर्न खोजेको आरोप छ । हेटौंडाको जग्गा बैना बापत १ करोड ३० लाख लिई कब्जा गरेको आरोप छ । १३ करोड ८७ लाख १५ हजार ५ सय रुपैयाँ गिरीले विश्वासघात गरेको कारण नबिल बैंकले फोर्स लोन बुक गरी भुक्तान गरेको थियो ।

बिज्ञापन

त्यस्तै बूढानीलकण्ठको ३ करोड ८७ लाख पर्ने घरजग्गा विश्वासघात गरी कब्जा गरेको पनि आरोप छ । व्यवसायी श्रेष्ठको पानी ट्यांकर, ट्रिपर र ग्रेडर पनि गिरीले कब्जा गरेको आरोप छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa