Premier Cables
Premier Steel

अर्थ विराटनगर समाचार

विराटनगरमा ३६ करोडको लगानीमा बनेको ईफराह आँखा अस्पताल सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ११, २०८३  | साँझ ६:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङको विराटनगरमा निजी क्षेत्रको ३६ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ईफराह आँखा अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। अत्याधुनिक आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको अस्पतालले सोमबारदेखि बिरामीलाई नियमित सेवा दिन थालेको हो।

विराटनगर महानगरपालिका–१५, मलाया रोडमा अवस्थित अस्पतालको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा अस्पतालका अध्यक्ष मो. जाकिर हुसेनले संयुक्त रूपमा गरेका हुन्।

बिज्ञापन

अस्पताल व्यवस्थापनका अनुसार निर्माणमा लागेको कुल ३६ करोड रुपैयाँमध्ये २६ करोड रुपैयाँ कृषि विकास बैंकबाट ऋणमार्फत व्यवस्थापन गरिएको हो भने बाँकी १० करोड रुपैयाँ अध्यक्ष जाकिर हुसेन तथा उनका दाजुभाइको स्वलगानी रहेको छ।

अस्पतालले प्रारम्भिक चरणमा दैनिक करिब ५० जना आँखाका बिरामीलाई सेवा दिने लक्ष्य लिएको जनाएको छ। आगामी दिनमा बिरामीको संख्या र आवश्यकताअनुसार सेवा तथा उपचार क्षमतालाई थप विस्तार गर्दै लैजाने योजना रहेको अस्पतालले जानकारी दिएको छ।
नयाँ अस्पताल सञ्चालनमा आएपछि विराटनगर तथा आसपासका क्षेत्रका नागरिकले गुणस्तरीय र विशिष्टीकृत आँखा उपचार सेवा स्थानीय स्तरमै प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले मोरङसहित पूर्वी नेपालका विभिन्न जिल्लाबाट आउने बिरामीलाई पनि सहज, आधुनिक र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa