Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ओडिसी सेकेन्डरी स्कुलद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १०, २०८३  | अपराह्न २:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर, मोरङको विराटनगर महानगरपालिका १० स्थित ओडिसी सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ।

आइतबार बिहान १० बजेदेखि विराट टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ५०० विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल निरज दासले जानकारी दिए।

बिज्ञापन

कार्यक्रम अन्तर्गत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीको नाक, कान, घाँटी, दाँत, बालरोग तथा जनरल फिजिसियनमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो।

वि.सं. २०६३ सालमा स्थापना भएको ओडिसी सेकेन्डरी स्कुलले विराटनगर तथा आसपासका क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयका प्रिन्सिपल निरज दासका अनुसार बालबालिकामा देखिने कतिपय स्वास्थ्य समस्या उनीहरूले अभिभावक वा शिक्षकसँग खुलाउन संकोच गर्ने भएकाले विद्यालयमै स्वास्थ्य शिविर आयोजना गरी सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको हो। यस कार्यक्रमले विद्यार्थीमा रहेका सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान र आवश्यक परामर्श प्रदान गर्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

विद्यालयले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिदै जाने र अन्य प्रयोगात्मक र शिकाईमुलक कार्यक्रम समेत गर्दै जाने विद्यलयले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa