नोट: यो समाचार २ महिना अघिको हो
विराटनगर–विराटनगर सबैभन्दा पुरानो ठाकुवाडी रोडमा रहेको रामजानकी मन्दिरको संचालक समितिको शनिबार भएको निर्वाचनबाट रुपेश कोइराला अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका छन । कोशी प्रदेश सरकारका रजिष्टार कोइरालाको कार्यकाल आगामी दुई वर्षको हुने छ ।
रामजानकी मन्दिर संरक्षक मण्डलका अध्यक्ष गणेश प्रसाद राठीको अध्यक्षतामा शनिबार सम्पन्न भएको निर्वाचनले कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा अजय राठी, महासचिव श्रीप्रकाश तोतला, सचिव हेमन्त मारु, कोषाध्यक्ष केदार सारडा, सदस्यहरुमा आनन्द राठी, बालकिसन धुत, नरेश राठी, मनोज तापडीया, संजयकुमार सोमानी, रामेशकुमार लखोटिया, प्रदीप अग्रवाल, अमिताभ महेश्वरी, सुनिल लोधा र रामलाल तापडीया निर्विरोध निर्वाचित भएका छन । यस अघिको कार्यसमिति अध्यक्ष पवन कुमार अटल थिए ।
