Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर समाचार

एकल महिलालाई लायन्स क्बल विराटनगर शुभमद्वारा खाद्यान्न र आवश्यक सामग्री प्रदान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | साँझ ६:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लायन्स क्लब अफ विराटनगर शुभमले ‘हंगर फिडिङ ३६५ डेज’ अभियानअन्तर्गत एकल महिलालाई खाद्यान्न तथा आवश्यक सहयोग उपलब्ध गराएको छ ।

क्लबकी अध्यक्ष शारदा दाहालको अध्यक्षतामा विराटनगरको पिचरामा आयोजित कार्यक्रममा एकल महिला जयमालालाई खाद्यान्न तथा आवश्यक सहयोग हस्तान्तरण गरिएको हो ।

बिज्ञापन

अभाव र कठिन परिस्थितिमा जीवनयापन गरिरहेकालाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत जयमालालाई प्रत्येक महिना निरन्तर खाद्यान्न उपलब्ध गराइने क्लबले जनाएको छ ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू तथा सदस्यहरूको उपस्थिति थियो । सामाजिक दायित्वअन्तर्गत सञ्चालन गरिएको अभियानले असहाय तथा विपन्न वर्गलाई सहयोग पुर्‍याउने उद्देश्य राखेको क्लबले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa