Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश विराटनगर

आशा झालाई किसानको प्रश्न “रेल ल्याउन सक्नेले किसानका लागि मल किन ल्याउन सकिनौं?”

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | अपराह्न २:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगरर्‍ सोमबार भारतको कोलकाताबाट विराटनगर महानगरपालिका–१८ स्थित एकीकृत जाँच चौकी (आईसीपी) मा एउटा कार्गो रेल आइपुग्यो। रेल आगमनलाई लिएर स्थानीयवासीले खुसी व्यक्त गरे। यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशा झाले पनि आफ्नो पहलमा रेल आएको दाबी गर्दै प्रचार गरिन्। तर अहिले उनकै निर्वाचन क्षेत्रमा किसानका लागि अत्यावश्यक रासायनिक मलको चरम अभाव देखिएको छ। सर्वसाधारणले प्रश्न उठाउन थालेका छन्—“रेल ल्याउन सक्नेले किसानका लागि मल किन ल्याउन सकेन?”

सोमबार रेल आउँदा भन्सारका कर्मचारी, केही उद्योगी, व्यवसायी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो। धेरैले हातमा हरियो झण्डा लिएर रेललाई नेपालमा स्वागत गरेका थिए। तर सांसद आशा झा कार्यक्रममा प्रत्यक्ष रूपमा देखिइनन्, न त सामाजिक सञ्जालमार्फत कुनै औपचारिक खुसी व्यक्त गरिन्। यद्यपि विभिन्न सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उनले रेल आफ्नो पहलमा आएको दाबी गरेकी थिइन ।
वास्तवमा आईसीपीमा पहिलो पटक रेल आएको भने होइन। यसअघि २०८० जेठ १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली स्थित हैदरावाद भवनबाट संयुक्तरुपमा हरियो झण्डा फहराएपछि विराटनगर आइसीपीको नेपाल कष्टम यार्डमा पहिलो पटक कार्गाे रेल आएको थियो । त्यसपछि कोलकोता बन्दरगाहबाट कार्गाे रेलमा सामान ल्याउन कानूनी र दुईदेश विचको सम्झौतामा उल्लेख गरिएको चारवटा बस्तुमात्र ल्याउन पाउने र अन्य ल्याउन नपाउने भयो ।
त्यसविचमा सम्झौता परिवर्तनका धेरै प्रयासहरु भए । गत वर्ष कात्तिकमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको भारत भ्रमणको क्रममा नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन गर्न लेटर अफ एक्सचेन्ज (एलओई) भएको थियो ।

बिज्ञापन

उक्त एलओईपछि मन्त्रालयले तेस्रो मुलुकबाट विराटनगर आईसीपीसम्म कार्गो रेलबाट बल्क र कन्टेनर दुवै खाले कार्गो ल्याउन सकिने बाटो खुलेको बताएको थियो ।

तर संशोधन सहमतिपछि पनि लामो समयसम्म व्यवहारमा भने यसको कार्यान्वयन भएन । सीमापारि भारतको जोगबनी भन्सारमा यससम्बन्धी औपचारिक जानकारी नपुगेका कारण व्यवसायीले चाहेर पनि कार्गो रेलमार्फत कच्चा पदार्थ ल्याउन सकेका थिएनन् ।

विराटनगरका एक फलामे पाइप उद्योगीले पारवहन सन्धि संशोधन भएको जानकारी पाएपछि तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ कार्गो रेलमार्फत विराटनगर ल्याउने प्रयास गरेका थिए ।

तर जोगबनी भन्सारले यस विषयमा आधिकारिक ‘नोटिफिकेसन’ प्राप्त नभएको भन्दै जाँचपास गर्न नसकिने बताएपछि ती उद्योगी योजना परिवर्तन गर्न बाध्य भएका थिए । ट्रान्स नेपालका व्यवस्थापक लक्ष्मी सुब्बाका अनुसार कात्तिक २७ गते भएको एलओईपछि पनि केही प्राविधिक प्रक्रियाका कारण कार्यान्वयनमा ढिलाइ भएको थियो ।

अहिले कम्पनीका नयाँ व्यवस्थापक आलम खानले भारतीय रेल, भन्सार, कन्टेनर ट्रेन अपरेटर (सीटीओ) र सिपिङ लाइनरसँग आवश्यक समन्वय गरेपछि बाटो खुलेको उनले बताए । विराटनगर आइसीपीको नेपाल कष्टम यार्ड मोरङको क्षेत्र नम्बर ५ मा पर्छ । त्यस क्षेत्रबाट आम निर्वाचनमा विजयी बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशा झाले कार्गाे रेल आफ्नो पहलमा ल्याएको भनेर जनता ढाट्ने काम गरेकी छन ।
बिजयी बनेपछि मुस्कीलले एक दुई पटक निर्वाचन क्षेत्रमा देखिएकी उनी प्राय राजधानी नै बस्छिन । उनले चुनावी ऐजेण्डामा पनि आइसीपीमा रेल ल्याउने कुरा थिएन । कार्गाे रेल आएपछि स्वागत गर्न पुगेको स्थानिय प्रशासन उद्योगी व्यवसायीको भिडमा उनी कतै देखिएकी थिइनन् । तर पत्रकारले जिज्ञासा राख्दा भने उनले दाविका साथ आफूले पहल गरेर कार्गाे रेल ल्याएको बताइन ।
असारमा रोपेको धानमा मल हाल्ने बेला हुदा पनि ३० किलो मलका लागि लडाई गर्नु परिरहेका उनकै क्षेत्रका जनताले भन्न थालेका छन ‘रेल ल्याउन सक्ने सांसदले मल जस्तो जाबो कुरा चै किन दिन नसकेकी हुन ?’
यता वर्षायाम सुरु भएसँगै मोरङ क्षेत्र नम्बर ५ का किसान रासायनिक मलका लागि दिनहुँ दौडधुप गरिरहेका छन्। बर्खायाम सकिन लाग्दासमेत पर्याप्त मल उपलब्ध हुन नसक्दा किसान घण्टौँ लाइनमा बस्न बाध्य छन्। क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने रंगेली नगरपालिका ५ का किसानले खेती गर्ने मुख्य समयमा समेत आवश्यक मल नपाएको गुनासो गरेका छन ।
किसानहरूका अनुसार धान रोपेको करिब ४५ दिन बितिसक्दा पनि मल हाल्न नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढेको छ । घण्टौँ लाइनमा बसे पनि आवश्यक परिमाणमा मल नपाएको उनीहरूको भनाइ छ। किसान भन्छन, “सरकारले नेपाललाई कृषि प्रधान देश भन्छ, तर किसानका आधारभूत आवश्यकताप्रति संवेदनशील देखिँदैन। हाम्रो माननीयले रेल ल्याउन सक्नुहुन्छ, तर किसानका लागि मल ल्याउन सक्नुहुन्न ।”

किसानहरूको भनाइअनुसार क्षेत्रका सहकारी संस्थामार्फत मल वितरण भइरहे पनि अत्यन्तै न्यून परिमाणमा मात्र मल आइरहेको छ । आवश्यक सय केजी मलको सट्टा किसानले १०–१५ केजी मात्रै पाउने गरेको उनीहरूको गुनासो छ। पर्याप्त मल अभावका कारण किसान निराश बनेका छन् र सरकारले समयमै सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिरहेका छन । यो समाचारलाई यूट्यूव च्यानलका लागि प्रशारण गर्ने किसिमका स्क्रिप्ट बनाइदेउन ल ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa