Premier Cables
Premier Steel

अर्थ बैंक तथा वित्त समाचार

नेपालमा भारतीय २०० र ५०० रुपैयाँका नोट चलाउन औपचारिक अनुमति

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्था संशोधन गर्दै हाल प्रचलनमा रहेका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपालमा चलाउन औपचारिक अनुमति दिएको छ । यससँगै नेपालमा भारतीय ठूला दरका नोटको आधिकारिक प्रयोगबारे लामो समयदेखि कायम रहेको अन्योल अन्त्य भएको छ ।

संशोधित व्यवस्थाअनुसार भारतीय नागरिकले प्रतिव्यक्ति बढीमा २५ हजार भारतीय रुपैयाँसम्मका हाल प्रचलनमा रहेका भारतीय नोट नेपाल ल्याउन, नेपालबाट लैजान वा सटही गर्न सक्नेछन् ।

बिज्ञापन

त्यसैगरी विदेशी नागरिक तथा नेपाली नागरिकले भन्सारमा घोषणा नगरी बढीमा ५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रा साथमा राख्न सक्ने व्यवस्था गरिएको छ । सोभन्दा बढी रकम साथमा भए भन्सारमा घोषणा गर्नुपर्नेछ ।

तर भारतले सन् २०१६ को नोभेम्बरमा गरेको नोटबन्दीअघि जारी गरेका भारतीय ५०० र १ हजार रुपैयाँका नोट भने नेपालमा अझै प्रतिबन्धित छन् । ती नोट नेपाल ल्याउन, लैजान वा कारोबारमा प्रयोग गर्न नपाइने व्यवस्था यथावत् राखिएको छ ।

नेपालमा भारतीय रुपैयाँको प्रयोग व्यापक रहे पनि भारतीय ५०० र १ हजार रुपैयाँका पुराना नोटमाथिको प्रतिबन्ध तथा हाल प्रचलनमा रहेका ठूला दरका नोटको आधिकारिक प्रयोगसम्बन्धी अस्पष्टताका कारण लामो समयदेखि अन्योल कायम थियो । राष्ट्र बैंकको नयाँ व्यवस्थाले भारतीय रुपैयाँको कारोबारलाई थप स्पष्ट र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa