Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०७, २०८३  | साँझ ४:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कोशी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बू गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये नौ हजार २४१ हेक्टरमा धान रोपाइँ गरिएको छ ।

बिज्ञापन

कोशी प्रदेशको मध्य पहाडका आठ जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ६७ हजार ७१७ हेक्टर धान लगाउने क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।

यस्तै कोशी प्रदेश तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी गरी एक लाख ९३ हजार २८५ हेक्टर धान लगाउने क्षेत्रमध्ये कूल एक लाख ४६ हजार ३४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो ।

कोशी प्रदेशमा आठ लाख २६ हजार ६४६ हेक्टर जग्गा कृषियोग्य रहेको तथ्याङ्क छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa