Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश विराटनगर

मेची राजमार्गको इलाम खण्ड जीर्ण हुँदा पूर्वी पहाडको आर्थिक गतिविधि प्रभावित

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०५, २०८३  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मेची राजमार्गअन्तर्गत इलाम खण्डको अत्यधिक जीर्ण अवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले मंगलबार जारी गरेको विज्ञप्तिमा इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने सडक सञ्जाल कोशी प्रदेशको व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक गतिविधिको मुख्य जीवनरेखा भएको उल्लेख गरिएको छ ।

बिज्ञापन

सडकको दुरावस्थाका कारण उद्योग–व्यवसायमा प्रत्यक्ष असर परेको, ढुवानी लागत असाधारण रूपमा बढेको, पर्यटकको आगमनमा कमी आएको तथा चिया, अलैंची, अदुवा, दूध, फलफूल र तरकारीलगायतका कृषि उपज समयमै बजारसम्म पुर्‍याउन नसक्दा किसान र व्यवसायी दुवै ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य भएको महासंघले जनाएको छ ।

लामो समयदेखि सडक सुधार गर्ने प्रतिबद्धता दोहोरिँदै आए पनि अपेक्षित प्रगति हुन नसक्दा निजी क्षेत्र, कृषक तथा आम नागरिकमा गहिरो निराशा छाएको महासंघको भनाइ छ । यस्तो अवस्था अब कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

महासंघले नेपाल सरकारसँग मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट, स्रोतसाधन र जनशक्ति परिचालन गर्दै युद्धस्तरमा काम अघि बढाउन जोडदार माग गरेको छ ।

पूर्वी पहाडको आर्थिक जीवनसँग प्रत्यक्ष जोडिएको यस गम्भीर विषयमा अब केवल आश्वासन मात्र नभई धरातलमा परिणाम देखिने गरी काम गर्नुपर्ने महासंघले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa