Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोलोकोता बन्दरगाहबाट सोझै विराटनगर आइसीपीमा आइपुग्यो मालवाहक रेल, औद्योगिक कच्चा पदार्थको लागत घट्ने

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०४, २०८३  | राती ९:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर — तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चापदार्थ बोकेको कार्गो रेल सेवा पुनः सञ्चालनमा आएको छ । कोलकाता बन्दरगाहबाट खानेतेल उद्योगका लागि आवश्यक कच्चापदार्थ बोकेको ४० कन्टेनरयुक्त मालवाहक रेल सोमबार विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको हो । दुई बर्ष अघि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियोझण्डा देखाएपछि पहिलो पटक भारतबाट आरती स्ट्रिपको फलामे सिट बोकेर कार्गो रेल नेपाल कष्टम यार्डमा आएको थियो । त्यसपछि यो दोश्रो पटक हो ।

स्वास्तिक आयल इन्डस्ट्रिजका लागि ल्याइएको कच्चापदार्थसहितको रेललाई विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, उद्योगी–व्यवसायी तथा सरोकारवालाले आईसीपीमा स्वागत गरेका थिए । भन्सार प्रमुख श्रेष्ठले कार्गो अब नियमित आउने र नेपाल कष्टम यार्डको पूर्वाधार पनि चाडै निर्माणहुने उल्लेख गरे । कार्गो सेवाका केही हडल्सहरु पुरा गरेपछि अब पोर्टबाट सोझै माल विराटनगर स्थित नेपाल कष्टम यार्डमै आइपुग्ने उनले बताए ।

बिज्ञापन

यससँगै नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय सीमावर्ती जोगबनी भन्सार यार्डबाट सिधै विराटनगर–१८ स्थित नेपाल भन्सार यार्डसम्म रेलमार्फत ल्याउने व्यवस्था व्यवहारमा कार्यान्वयनमा आएको छ । यसअघि यस्ता मालसामानको ढुवानी प्रक्रियामा विभिन्न प्रशासनिक र प्राविधिक अवरोध रहेका थिए ।

भन्सार प्रमुख श्रेष्ठका अनुसार उक्त रेल साउन १ गते कोलकाताबाट प्रस्थान गरेको थियो । रेल प्रस्थानअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कन्कोर) का अधिकारीहरूले संयुक्त रूपमा रेललाई बिदाइ गरेका थिए ।
ट्रान्स नेपालका प्रमुख विजनेश अफिसर मोहमद आलम खाले भारतीय रेल्वे कष्टम यार्डमा जस्तै अब विराटनगर कष्टम यार्डमा पनि सामानहरुको ह्रयाण्डिलिङ हुने बताए । उनले जोगवनीमा हुने लजिष्टिक चार्जभन्दा नेपाल कष्टम यार्डमा अबस्य पनि कम हुने उल्लेख गर्दै कम्तिमा १० प्रतिशतसम्म ह्याडिङ चार्ज सस्तो पर्ने बताए । उनले अब नियमित कार्गो नेपाल कष्टमयार्डमा सोझै बन्दरगाहबाटै आउने भएकाले कोशी प्रदेशको औद्योगिक र ब्यावसायीक क्षेत्रले निकै ठुलो राहत पाउने बताए । यसले उद्योगको लागत घटाउने र उपभोक्तासम्मले यसको फाइदा लिनसक्ने उनले बताए । भौतिक पूर्वाधार पनि आवश्यकता अनुसार यार्डमा थपिदै लिगिने बताए ।
विराटनगर भन्सार ऐजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्माले पहिले जस्तो ट्रकमा समान आयात गर्दा भन्दा अब सोझै पोर्टबाट आइसीपीसम्मनै रेलवे कार्गो आउदा उद्योगी व्यावसायीको निकै ठुलो ठुवानी रकम जोगिने उल्लेख गर्दै यसले आम उपभोक्ताको समेत हित गर्ने बताए । उनले आफूहरुलाई रेल्वेमा आएको सामानको भन्सार क्लिअरेन्समा समेत सजिलो हुने बताए । यस विरगंज भन्सारमा मात्र पोर्टबाट सोझै मालबस्तु आउने गरेकोमा अब विराटनगरमा पनि त्यो सूरुवात भएकोमा सबैमा नयाँ किसिमको उर्जा थपिएको उनले बताए ।

रेल सेवा नियमित रूपमा सञ्चालन भएपछि एकै पटक ४५ वटासम्म ४० फिटका कन्टेनर विराटनगरसम्म ल्याउन सकिने जनाइएको छ । यसले ढुवानी क्षमता बढ्नुका साथै उद्योगहरूलाई आवश्यक कच्चापदार्थ समयमै उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

व्यवसायीका अनुसार सडकमार्गको तुलनामा रेलमार्गबाट हुने ढुवानी सुरक्षित, कम लागतको र भरपर्दो हुने भएकाले उत्पादन लागत घटाउन समेत सहयोग पुग्नेछ । कोलकाताबाट विराटनगरसम्मको यात्रा करिब २४ घण्टामै पूरा गर्न सकिने भएकाले आपूर्ति श्रृंखला थप प्रभावकारी हुने विश्वास उद्योगीहरूको छ ।

यसअघि नेपालमा रेलमार्फत तेस्रो मुलुकको मालसामान ढुवानीको सुविधा मुख्य रूपमा वीरगञ्ज नाकामा मात्र उपलब्ध थियो । विराटनगरमा पनि यो सुविधा विस्तार भएसँगै कोशी प्रदेश तथा पूर्वी नेपालका उद्योगी–व्यवसायी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

विराटनगर आईसीपीमा यसअघि २०८० जेठ १८ गते पहिलो पटक तेस्रो मुलुकबाट कार्गो रेल आइपुगेको थियो । त्यसपछि आवश्यक कानुनी तथा सञ्चालनसम्बन्धी प्रक्रिया पूरा भएपछि अहिले सेवा पुनः नियमित सञ्चालनतर्फ अघि बढेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa