Premier Cables
Premier Steel

कोशी प्रदेश

अनुगमन भत्ता विवादपछि कोशीका पूर्वमन्त्री गणेश उप्रेतीले के भने?

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ३२, २०८३  | अपराह्न ३:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशसभाका सदस्यहरूले योजना अनुगमन भत्ता तथा आवास सुविधा लिएको विषय सार्वजनिक भएपछि विवादमा तानिएका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेतीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उप्रेतीले आफूले कुनै पनि सेवा–सुविधा गैरकानुनी रूपमा नलिएको दाबी गर्दै सम्बन्धित निकायले नियमअनुसार उपलब्ध गराएको सुविधा मात्रै लिएको बताएका छन्। उनले आफ्नो अधिकारको दुरुपयोग नगरेको, कसैलाई झुक्याएर लाभ नलिएको र सबै काम कानुनको दायराभित्र रहेको उल्लेख गरेका छन्।

बिज्ञापन

फेसबुकमा उनले लेखेका छन्, “राज्यले दिएको सेवा–सुविधा, तलब, भत्ता वा निर्वाह खर्च नलिने घोषणा गरेको म कुनै करोडपति वा अरबपति होइन। आफ्नो अख्तियार दुरुपयोग गरेर कतै केही बिराएको छैन। नमिल्ने सुविधा सम्बन्धित निकायले नदिँदा जबर्जस्ती खोस्न गएको पनि होइन। बाँकी कुरा नियम–कानुनभित्रै छन्, अपरेशन गर्दा हुन्छ। बेकारको हल्लाले केही पाक्दैन। कसैलाई झुक्याएर फाइदा लिएको पक्कै होइन। यो कुनै स्पष्टीकरण होइन।”

यसअघि प्रदेशसभा सदस्यहरूले योजना अनुगमनका नाममा लाखौँ रुपैयाँ भत्ता बुझे पनि अनुगमन प्रतिवेदन पेस नगरेको तथा केही सांसदले आवास सुविधा सम्बन्धी नियमविपरीत घरभाडा लिएको विषय सार्वजनिक भएपछि उक्त प्रकरण विवादमा परेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa