Premier Cables
Premier Steel

खेलकुद

विश्वकप २०२६: सेमिफाइनलमा दुई असिस्ट गर्दै मेसी गोल्डेन बुटको होडमा शीर्ष स्थानमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ३२, २०८३  | बिहान ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ को गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) दौडको शीर्ष स्थानमा उक्लिएका छन्। अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट (गोलका लागि पास) गर्दै मेसीले यस विधामा आफ्नो दाबेदारी बलियो बनाएका हुन्।

रोमाञ्चक सेमिफाइनल भिडन्तमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। टोलीलाई उपाधि रक्षाको नजिक पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका ३९ वर्षीय मेसीले खेलमा गोल गर्न नसके पनि दुई असिस्ट प्रदान गरेर फ्रान्सका स्टार किलियन एमबाप्पेलाई पछि पारेका छन्।

बिज्ञापन

एमबाप्पे भन्दा मेसी यसरी अगाडि
हालसम्म प्रतियोगितामा मेसी र एमबाप्पे दुवैले समान ८–८ गोल गरेका छन्। तर, टाइब्रेकरको रूपमा हेरिने असिस्ट सङ्ख्यामा मेसीको ४ पुगेको छ भने एमबाप्पेको ३ मात्र रहेको छ। फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भई बाहिरिसकेकाले अब एमबाप्पेले तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध खेल्नेछन्। यद्यपि, अर्जेन्टिना फाइनल पुगेकाले मेसीसँग गोल्डेन बुट जित्ने बलियो अवसर छ।

अन्य खेलाडीको दौड समाप्त
७ गोल गरेका नर्वेका एर्लिङ हालान्ड तथा समान ६–६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङघम प्रतियोगिताबाट बाहिरिएसँगै उनीहरूको गोल्डेन बुटको दाबेदारी समाप्त भएको छ। फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सूचीको सातौँ स्थानमा छन्। उनले फाइनलमा मेसीलाई भेट्टाउन कम्तीमा ५ गोल गर्नुपर्ने हुन्छ, जुन निकै कठिन समीकरण हो। यदि मेसीलाई कसैले उछिन्न नसकेमा उनको खेल जीवनकै यो पहिलो विश्वकप गोल्डेन बुट अवार्ड हुनेछ।

कीर्तिमानको ओइरो
३९ वर्षको उमेरमा पनि सानदार लयमा रहेका मेसीले यस विश्वकपमा कीर्तिमानहरूको ओइरो लगाएका छन्। उनले विश्वकप इतिहासमा सर्वाधिक ३३ खेल खेल्दै २१ गोल र ११ असिस्टको सर्वकालीन कीर्तिमान कायम गरिसकेका छन्। यसका साथै विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि उनको नाममा दर्ता भएको छ।
सन् २०१४ र २०२२ मा उत्कृष्ट खेलाडी बन्दै दुई पटक ‘गोल्डेन बल’ जितिसकेका मेसी यस पटक पनि गोल्डेन बल र गोल्डेन बुट दुवैको मुख्य दाबेदार बनेका छन्। अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक विश्वकप उपाधि दिलाउने लक्ष्यमा मेसी अब मात्र एक जित टाढा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa