Premier Cables
Premier Steel

मौसम

आज पनि बादल धुम्म, कहाँ-कहाँ पानी पर्छ ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | बिहान ९:४२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’को प्रभावका कारण कात्तिक १३ र १४ गते नेपालभर झरी पर्ने पूर्वानुमान गरिएको थियो। मौसमविद्हरूले दुई दिनको वर्षापछि १५ गतेदेखि मौसम सुधार भएर आकाश खुल्ने बताएका थिए।

तर, पूर्वानुमान अनुसार मौसम खुल्न सकेन। शनिबार (कात्तिक १५) बिहान काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भूभागमा हल्का वर्षा जारी रह्यो र दिनभर आकाशमा बाक्लो बादल छाएको देखियो। आज आइतबार (कात्तिक १६) बिहानसम्म पनि अधिकांश स्थानमा बादल लागेकै छ।

बिज्ञापन

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार अहिले कुनै सक्रिय मौसमी प्रणाली नभए पनि ‘मोन्था चक्रवात’ र अरब सागरको न्यून चापीय प्रणालीको अवशेषका कारण बाक्लो बादल बनेको हो। त्यसैले मौसम घमाइलो हुन नसकेको उनले बताए।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायु प्रवेश गरिरहेकाले काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा वर्षा लम्बिएको हो।

‘तीनवटा मौसमी मोडेलको संयुक्त विश्लेषणअनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरूमा आज बिहानसम्म मौसम खुल्ने अपेक्षा गरिएको थियो,’ उपाध्याय भन्छन्, ‘तर त्यस्तो हुन सकेन।’

उनका अनुसार ‘मोन्था चक्रवात’ बिहीबारपछि कमजोर भए पनि सोमबारदेखि सक्रिय पश्चिमी वायुसँग मिसिएर ठूलो संयुक्त मौसमी प्रणाली बनेको छ, जसले नेपाललगायत विस्तृत क्षेत्रलाई प्रभावमा राखेको छ।

यो प्रणाली मूलतः कोशी हुँदै बंगालको खाडीतर्फ सर्ने अपेक्षा थियो, तर थाइल्याण्डको दक्षिणी भूभागमा बनेर अहिले बंगलादेशमा रहेका नयाँ चक्रवातीय प्रभावले यसलाई उल्टो दिशातर्फ (उत्तर–पश्चिम) धकेल्यो।

यसबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली पनि गुजरात–राजस्थान हुँदै उत्तरपूर्वतर्फ सर्दै आएको छ। नतिजा स्वरूप नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाब परेको छ।

‘यिनै कारणले वर्षा गराउने बादलको ठूलो हिस्सा गण्डकी, बागमती र कोशी क्षेत्रमा शनिबारसम्म पनि सक्रिय रह्यो,’ उपाध्यायले भने। उनका अनुसार धेरै प्रणालीहरू मिसिँदा मौसम अत्यन्त जटिल बनेको छ, र यो अवस्था कति समय रहन्छ भन्ने ठ्याक्कै अनुमान गर्न गाह्रो छ।

तर, उनले भने, ‘हाल बादलको घनत्व क्रमशः घट्दै गएको छ, त्यसैले अब निकट दिनहरूमा मौसममा उल्लेख्य सुधार हुने सम्भावना छ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka