नोट: यो समाचार ३ महिना अघिको हो
काठमाडौँ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा पाँचवटा निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालो सूचीमा राखेको छ।
कार्यालयको मिति २०८३ असार २९ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम असार ३० गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो। सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालो सूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी वा आपूर्ति कर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाही तथा बोलपत्र प्रक्रियामा भाग लिन पाउने छैनन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको विवरण अनुसार कालो सूचीमा राखिएका कम्पनीहरू, सिफारिस गर्ने निकाय र प्रतिबन्धको अवधि निम्नानुसार रहेको छ:

