Premier Cables
Premier Steel

विराटनगर

हाजिरी जमानीमा छुटेलगत्तै अभिषेक गिरीलाई सीआईबीले काठमाडौं लग्यो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २२, २०८३  | राती १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएलगत्तै आपराधिक पृष्ठभूमिका भनिएका अभिषेक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप अनुसन्धानका लागि काठमाडौं लगेको छ।

मोरङ प्रहरीले गिरीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो। तर, न्यायाधीश टंकबहादुर महतको इजलासले म्याद थप गर्न अस्वीकार गर्दै उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो।

बिज्ञापन

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीआईबीले गिरीविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ अनुमति प्राप्त गरेकाले थप अनुसन्धानका लागि काठमाडौं लगिएको हो। उनलाई विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–८ स्थित आफ्नै निवासबाट असार १३ गते पक्राउ परेका गिरीमाथि मोरङ प्रहरीले आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

गिरीको रिहाइको माग गर्दै उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। उक्त रिट खारेज गर्दै न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले पाँच दिनभित्र अनुसन्धान सम्पन्न गर्न आदेश दिएको थियो। त्यसपछि प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी थप अनुसन्धानका लागि पुनः म्याद थपको माग गर्दै उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो।

जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उच्च अदालतको असार १७ गतेको आदेशअनुसार नै गिरीको हकमा म्याद थप गर्न अस्वीकार गरिएको हो।

यता, यही प्रकरणमा अनुसन्धानमा रहेका विजय कामत, सञ्जयकुमार मण्डल र विनोदकुमार सिंहमाथि भने जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी मुद्दामा सोमबारदेखि लागू हुने गरी सात दिनको म्याद थप गर्न प्रहरीलाई अनुमति दिएको अदालतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa