Premier Cables
Premier Steel

राजनीति

विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोधको परिणाम: एमाले

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले पार्टीका नेता विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाएका छन्। उनले सरकारले विपक्षी दललाई कमजोर बनाउने उद्देश्यले पौडेललाई पक्राउ गरेको दाबी गरेका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले विष्णु पौडेललाई गत निर्वाचनमा उनका प्रतिस्पर्धी तथा वर्तमान प्रधानमन्त्रीलाई गाडी उपलब्ध गराउने व्यक्तिको बयानका आधारमा पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे। उनले त्यसलाई राजनीतिक पूर्वाग्रहको परिणाम भएको बताए।

बिज्ञापन

“उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधी प्रयासकै अर्को रूप हो,” उनले भने।

कँडेलले सरकारले विपक्षी दल र तिनका नेताहरूलाई तर्साउने तथा आफ्ना निकटका व्यक्तिहरूलाई उन्मुक्ति दिने नीति अवलम्बन गरेको आरोप पनि लगाए। “यो गिरफ्तारी सम्पूर्ण विपक्षीलाई त्रसित बनाउने र विशेषगरी नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले गरिएको हो। विष्णु पौडेल निर्दोष हुनुहुन्छ, उहाँमाथि राजनीतिक प्रतिशोध साँधिएको छ। उहाँलाई तत्काल रिहा गरिनुपर्छ,” उनले माग गरे।

सांसद कँडेलले गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण पनि गराए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa