Premier Cables
Premier Steel

राजनीति

एमाले महाधिवेशनमा मतदान सकिएको दुई घण्टामै परिणाम आउने

Calendar बुधबार, पुष ०२, २०८२  | अपराह्न २:०१ बजे

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन अन्तर्गत जारी मतदान प्रक्रिया आज बेलुका ८ बजेसम्म सम्पन्न हुने अनुमान गरिएको छ ।

बिहान ९ बजेर २० मिनेटमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै प्रक्रिया सुरु भएको थियो ।

बिज्ञापन

मतदानका क्रममा एक जना मतदाताले औसतमा करिब आधा घण्टा समय खर्चिनु परिरहेको छ । यस आधारमा बेलुका ८ बजेसम्म मतदान सकिने आकलन गरिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक राम रिमालले जानकारी दिए ।

अध्यक्ष पदका प्रत्यासी ओलीले मतदान गर्न झन्डै ५५ मिनेट समय लगाएका थिए । हालसम्म करिब ५०० मत खसिसकेको जनाइएको छ । मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने रिमालले बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka