Premier Cables
Premier Steel

विराटनगर

एमालेद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण : विराटनगरको विकासमा ध्यान दिइयोस्

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ २८, २०८२  | राती ८:१९ बजे

विराटनगर। नेकपा एमाले महानगर कमिटीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विराटनगरको विकासका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ।

महानगर कमिटीका अध्यक्ष बलराम गिरी नवीनका अनुसार कोसी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदिएपछि ज्ञापनपत्र बुझाइएको हो।

बिज्ञापन

उनले विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताए ।

ज्ञापनपत्रमा विराटनगर चक्रपथ, प्रदर्शनी केन्द्र, यातायात सुधार, क्रिकेट रङ्गशालाको स्तर उन्नति, केशलिया तटबन्द लगायतका विषय उठाइएको छ।

महानगरका सचिव विज्ञान चापागाईंले विराटनगरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि ज्ञापनपत्रको विषय महत्त्वपूर्ण हुने बताए ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महानगरले उठाएका विषयलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka