Premier Cables
Premier Steel

कोशी प्रदेश

खोटाङमा तीनपाने रक्सीको ब्रान्डिङ: होमस्टेलाई १८ हजार बोतल र अल्कोहल मापन मेसिन हस्तान्तरण

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | बिहान १०:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोदोबाट उत्पादित परम्परागत तीनपाने घरेलु मदिराको ब्रान्डिङ तथा लेबलिङ गरी स्थानीय पर्यटन र उत्पादन प्रवर्द्धन अभियानलाई अघि बढाएको छ।

नगरपालिकाले दुई वटा होमस्टेलाई १८ हजार बोतल ब्रान्डिङ तथा लेबलिङ गरिएको तीनपाने घरेलु मदिरासँगै अल्कोहलको मात्रा नाप्ने १० वटा मेसिन निःशुल्क हस्तान्तरण गरेको जनाएको छ। उपमेयर बिमला राईले यसबाट आय आर्जनमा मद्दत पुग्ने बताइन ।

बिज्ञापन

यस कार्यक्रममार्फत स्थानीय उत्पादनलाई गुणस्तरीय, पहिचानयुक्त र बजार प्रतिस्पर्धी बनाउने, घरेलु मदिराको मापदण्ड सुनिश्चित गर्ने तथा होमस्टे पर्यटनलाई थप आकर्षक बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa