Premier Cables
Premier Steel

राष्ट्रिय

दिदी-भाइकै शव उत्खनन् गरी प्रहरीले लग्यो ..!

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | बिहान ७:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

खोटाङ । कानूनी प्रक्रिया पूरा नगरी दिदी-भाइको शव अन्त्येष्टि गरिएको प्रकरणमा शव उत्खनन गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु सापातेलका गोविन्द बस्नेतका ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेगराजको शव उत्खनन गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बिज्ञापन

साउन २२ गते मेनिषा र मेगराज साथीहरूसँग पौडी खेल्न साप्सुखोला गएकोमा उनीहरू बेलुकीसम्म घर फर्किएनन्। पछि, अभिभावकले खोजतलास गर्दा राति १२ बजे चेपा भिरबाट एक हजार मिटर तल खरूवा खोलामा पानीमा डुबेको अवस्थामा दुवैजनाको शव फेला परेका थिए।

घटनाबारे थप अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गर्नको लागि इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरी टोलीले शव उत्खनन गरेको र कानूनी प्रक्रियापश्चात् पोष्टमार्टमका लागि जिल्ला ल्याइएको प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।

साउन २२ गते राति करिब आठ बजे शव फेला परेपछि, गाउँलेहरूले रातभरि शवलाई त्यहीँ राखेर भोलिपल्ट शुक्रबार छोरम्बु लगेर आफैं दाह संस्कार गरेका थिए।

कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गर्ने र सहयोग नगर्ने व्यक्तिहरूसँग सम्बन्धित मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ। मुद्धा दर्ता गर्ने प्रकृति र क-कसलाई प्रतिवादी बनाइने भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa