Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भेनेजुएला भूकम्पमा परी १४ सय जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | बिहान ९:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भेनेजुएलामा गएको भूकम्पमा परी कम्तीमा एक हजार ४३० जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूका अनुसार भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या १४ सय ३० पुगेको हो ।

बिज्ञापन

राहत तथा उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन् भने हजारौँ परिवार आफ्ना बेपत्ता आफन्तहरूको खोजीमा छन् ।

तीन दिनअघि ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएपछि दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा व्यापक जनधनको क्षति भएको थियो । शनिबार बिहानसम्म पीडित परिवारहरूले कम्तीमा ६८ हजार ९०० जना बेपत्ता भएको विवरण सम्बन्धित निकायमा दर्ता गराएका छन् ।

सबैभन्दा बढी प्रभावित ला गुएरा राज्यमा स्थानीय बासिन्दाहरू आफ्ना आफन्त र छिमेकीको खोजीमा भत्किएका भवनका सिमेन्ट र कंक्रीटका थुप्रा बेल्चा, भारी उपकरण, डोरी तथा आफ्नै नाङ्गो हातले हटाउँदै उद्धार प्रयास गरिरहेका छन् । धेरै स्थानमा प्रारम्भिक उद्धार कार्य सर्वसाधारणले नै आफ्नै पहलमा सञ्चालन गरिरहेका छन् ।

भूकम्पपछि राहत तथा उद्धार कार्यमा भएको ढिलाइलाई लिएर सरकारप्रति नागरिकको असन्तुष्टि बढ्दै गएको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार सेना, दमकल, प्रहरी तथा सैन्य क्याडेटहरू यति ठूलो विपद्को सामना गर्न पर्याप्त रूपमा तयार थिएनन् । आवश्यक जनशक्ति, उपकरण र समन्वयको अभावका कारण उद्धार कार्य प्रभावित भएको उनीहरूको गुनासो छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa