Premier Cables

अन्तराष्ट्रिय

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपाली घाइते, १३ जनाको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कतारको रस लाफान औद्योगिक सहरस्थित ग्यास प्रशोधन प्लान्टमा भएको विस्फोटमा एक नेपाली नागरिक घाइते भएका छन्।

विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम *टाइम्स अफ इन्डिया* का अनुसार मृत्यु हुनेमध्ये १२ जना भारतीय नागरिक रहेका छन्।

विज्ञापन

स्थानीय सञ्चारमाध्यमहरूले घाइते हुनेहरूमा नेपाल, भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायत विभिन्न देशका नागरिक रहेको जनाएका छन्।

घटनामा घाइते भएका ६६ जनाको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत सबै घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ।

कतार सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार सञ्चालन प्रक्रियाका क्रममा भएको प्राविधिक समस्याका कारण बरजान ग्यास आपूर्ति केन्द्रमा विस्फोट र त्यसपछि आगलागी भएको हो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka