Premier Cables
Premier Steel

अर्थ विराटनगर

उद्योग संगठन मोरङको आयोजनामा सीप उत्सव २०८३ हुँदै

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २८, २०८३  | अपराह्न २:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना, स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर-हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको छ ।

आगामी जेठ ३१ गते, आइतबार उद्योग संगठन मोरङको सचिवालय विराटनगरमा बिहान १०ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिने छ भने सोही दिन अपराह्न ४ः३० बजे अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिलाई पुरस्कार प्रदान गरिने संगठनले जनाएको छ ।

बिज्ञापन

उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थी बीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउदै आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्ने उद्योग संगठन मोरङका अध्यक्ष्ँ नन्दकिशोर राठीले वताए ।

उत्सवले स्वदेशमा रहेको सीप विकासका अवसरबारे जानकारी गराउनुका साथै प्राविधिक शिक्षा तथा अप्रेन्टिसिप कार्यक्रमको महत्वबारे सचेतना अभिवृद्धि गर्न र सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पु¥याउने विश्वास अध्यक्ष राठीले व्यक्त गरे ।

उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा अटोमोवाईलको विद्यामा सीप प्रतियोगिताका साथै माटाको भाडावर्तन, प्लम्बिङ, इण्डष्ट्रियल अटोमेशन, सि.सि.टि.भि, थ्रिडी प्रिन्टिङ, ग्रिन स्किलका विधामा लाइभ तालिम र विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्र सञ्चालन गर्ने संगठनका कार्यसमिति सदस्य एव मानव संशाधन विकास समितीका संयोजक दिपक अग्रवालले वताए ।

उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, सूचना प्रविधि, हस्पिटालिटी क्षेत्रका प्रदेश तथा जिल्ला स्तरका विभिन्न संघसंस्थाहरूको सहभागिता रहने संयोजक अग्रवालले जानकारी दिए ।

सीप उत्सव २०८३ ले व्यावसायिक सीप विकास, करियर मार्गदर्शन तथा उद्योगसंगको सहकार्यलाई संस्थागत गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई उद्योगमैत्री र व्यवहारिक बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा संगठनले लिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka