Premier Cables
Premier Steel

कोशी प्रदेश

दुई हजार वर्ष पुरानो किचकवध पुरातात्विक स्थलको उत्खनन जारी, चतुशाला संरचना फेला

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | अपराह्न १२:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भद्रपुर नगरपालिकामा अवस्थित ऐतिहासिक किचकवध पुरातात्विक स्थलको उत्खनन तथा संरक्षण कार्य निरन्तर रूपमा अघि बढिरहेको छ। उत्खननका क्रममा करिब दुई हजार वर्ष पुरानो मानिएको महत्वपूर्ण वास्तु संरचना फेला परेको छ।

पुरातत्वविद्हरूका अनुसार हालसम्म उत्खनन गरिएको संरचना १७.७ मिटर चौडाइ र २६ मिटर लम्बाइको अद्वितीय ‘चतुशाला वास्तु संरचना’ हो। प्रारम्भिक अध्ययनले उक्त संरचना कम्तीमा पनि इशापूर्व पहिलो शताब्दीको रहेको पुष्टि गरेको छ।

बिज्ञापन

विशेषज्ञहरूका अनुसार यो संरचना नेपालको प्राचीन सभ्यता, कला, वास्तुकला र सामाजिक जीवनबारे अध्ययन गर्न महत्वपूर्ण आधार बन्नेछ। यसले पूर्वी नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

पुरातात्विक स्थलको संरक्षणसँगै थप अनुसन्धान र उत्खनन कार्य पनि जारी रहेको जनाइएको छ। सम्बन्धित निकायले किचकवध क्षेत्रलाई राष्ट्रिय महत्वको ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धनमा समेत उपयोग गर्ने योजना बनाएको छ।

पुरातत्व क्षेत्रका जानकारहरूले यस खोजलाई नेपालको प्राचीन इतिहास र सभ्यताको अध्ययनमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसबाट हजारौं वर्षअघिको मानव बसोबास, संस्कृति र निर्माण कलाबारे नयाँ तथ्य उजागर हुने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka