Premier Cables
Premier Steel

राजनीति

अदालत पूर्ण खुलेपछि संसद पुनःस्थापना माग लिएर एमाले अदालत जाने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | राती ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ।

भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत पुनः सञ्चालन भएपछि संसद पुनर्स्थापनाको मागसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो।

बिज्ञापन

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विघटन संविधान विपरीत भएको जिकिर गर्दै संसद पुनर्स्थापना हुनुपर्ने पार्टीको स्पष्ट धारणा रहेको बताए।

“हालका कुनै पनि गतिविधि निर्वाचन उन्मुख छैनन्। संसद् विघटन नै असंवैधानिक भएकाले त्यसको पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो,” ज्ञवालीले भने, “अदालत खुल्नेबित्तिकै हामी जानेछौं।”

उनले वर्तमान सरकार चुनाव गराउने भन्दा पनि राजनीतिक वातावरण विथोल्ने प्रयासमा लागेको आरोपसमेत लगाए। “प्रधानमन्त्रीले एक महिनासम्म कुनै पनि दलसँग छलफल गरेका छैनन्। दलहरूलाई निषेध गरेर कसरी हुन्छ चुनाव?” उनले प्रश्न गरे।

ज्ञवालीका अनुसार अदालत पूर्णरूपमा सञ्चालनमा आएपछि संसद पुनःस्थापनाको माग गर्दै एमालेले औपचारिकरूपमा मुद्दा दायर गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka