Premier Cables

विराटनगर

विराटनगका प्रमुख प्रशासकीय अधिकृत दुलाल भए बिदा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले सरुवा भई भूमि व्यवस्था विभागमा जान लागेका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाललाई बुधबार औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ। महानगर परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखा–महाशाखाका प्रमुखहरूले उनको कार्यकालको प्रशंसा गर्दै सम्मानपूर्वक बिदाइ गरेका हुन्।

कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले चुनौतीपूर्ण परिस्थितिमा पनि दुलालले प्रशासनिक नेतृत्व कुशलतापूर्वक सम्हाल्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले दुलालको कार्यकालको सुरुआत देशव्यापी आन्दोलन र त्यसबाट सिर्जित असहज अवस्थाबीच भएको स्मरण गर्दै महानगरको नियमित कामकाजलाई सहज रूपमा अघि बढाउन उनको योगदान उल्लेखनीय रहेको बताए।

विज्ञापन

“प्रशासनिक संयमता, समन्वय क्षमता र निर्णय गर्ने दक्षताका कारण महानगरले छोटो समयमै नियमित कार्यसम्पादनलाई गति दिन सफल भयो,” मेयर कोइरालाले भने।

उपमेयर शिल्पा निराला कार्कीले दुलालको इमान्दार, जिम्मेवार र समन्वयकारी कार्यशैलीको प्रशंसा गर्दै महानगरको संस्थागत सुदृढीकरणमा उनले पुर्‍याएको योगदान स्मरणीय रहने बताइन्। स्थानीय सरकारको प्रभावकारिता जनप्रतिनिधि र प्रशासनबीचको सहकार्यमा निर्भर रहने उल्लेख गर्दै उनले दुलालले त्यस सम्बन्धलाई अझ बलियो बनाउन भूमिका खेलेको बताइन्।

वडाध्यक्षहरूको तर्फबाट धारणा राख्दै वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले दुलाललाई कर्मठ, अनुशासित र परिणाममुखी प्रशासकका रूपमा चित्रित गरे। उनले प्रशासनिक सुधार, कर्मचारी व्यवस्थापन तथा विकास आयोजनाको कार्यान्वयनमा दुलालको योगदान महत्वपूर्ण रहेको बताए।

२०८२ भदौ ४ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका दुलालले विराटनगरमा बिताएको समय आफ्नो जीवनको महत्वपूर्ण अनुभव भएको बताए। उनले यहाँ जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, विश्वास र आत्मीय सम्बन्धले काम गर्न सहज वातावरण निर्माण गरेको उल्लेख गरे।

“स्थानीय सरकार सफल हुन जनप्रतिनिधि र कर्मचारीबीच पारदर्शी, विश्वासपूर्ण र सहकार्यमा आधारित सम्बन्ध आवश्यक हुन्छ,” उनले भने, “विराटनगरमा मैले त्यही वातावरण पाएँ, जसले जिम्मेवारी निर्वाह गर्न सहज बनायो।”

दुलालले आफ्नो कार्यकालमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी जिम्मेवारीमा पनि स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा शाखा प्रमुखहरूले खादा, माला र अविर लगाएर दुलाललाई सम्मान गरेका थिए। सहभागीहरूले उनको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गरेका थिए।

दुलालको सरुवापछि विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी झापा निवासी विजयकुमार शर्माले सम्हाल्ने भएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka