Premier Cables
Premier Steel

अर्थ

कर छुटदेखि उद्योग प्रोत्साहनसम्म, बजेटमार्फत विभिन्न सहुलियत घोषणा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न क्षेत्रमा कर छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै कृतिम हातखुट्टा निर्माणमा प्रयोग हुने कच्चा पदार्थको भन्सार महसुल छुट दिने घोषणा गरेका हुन् ।

बिज्ञापन

सरकारले कृषि प्रशोधन उद्योगलाई प्रोत्साहन गर्न पहिलो १० वर्ष पूर्ण कर छुट दिने व्यवस्था गरेको जनाएको छ । कर परिपालना गर्ने करदातालाई सम्मान गर्ने नीति पनि बजेटमा समावेश गरिएको छ ।

यस्तै, कवाडी सामान एक स्थानीय तहबाट अर्को स्थानीय तहमा लैजाँदा कर नलाग्ने व्यवस्था गरिएको छ । विकास निर्माण आयोजनाका लागि आवश्यक घरजग्गामा पूँजीगत लाभकर नलाग्ने घोषणा पनि सरकारले गरेको छ ।

कोल्डस्टोर, प्रयोगशाला लगायतका पूर्वाधार तथा सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने व्यवस्था बजेटमार्फत ल्याइएको सरकारले जनाएको छ । सिनेमा हल निर्माण गर्दा पहिलो दश वर्ष आयकर छुट हुने भएको छ । त्यस्ता हल महानगरपालिका र उपमहानगरपालिका बाहिर खोल्नु पर्नेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka