Premier Cables
Premier Steel

अर्थ

सडक पूर्वाधारमा सरकारको ठूलो लगानी, १ हजार किलोमिटर सडक कालोपत्र गरिने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै सो अवधिमा २ सय सडक पुल निर्माण गरिने जानकारी दिएका हुन् ।

बिज्ञापन

सरकारले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसै आर्थिक वर्षभित्र नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको निर्माण कार्य सकिने पनि बजेटमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री वाग्लेले अर्को दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण सम्पन्न गरिने बताए । पूर्व–पश्चिम राजमार्गका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, द्रुतमार्गअन्तर्गत ४० वटा पुल र ४ वटा सुरुङ निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ, कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ तथा मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka