Premier Cables

समाचार

कोसी सरकारले ल्यायाे रू. ३५ अर्ब ८७ करोडकाे बजेट (हेर्नुहाेस् पूर्णपाठ)

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | साँझ ४:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (५२ प्रतिशत) चालु खर्चका लागि, १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) पुँजीगत खर्चका लागि र १० करोड (०.३ प्रतिशत) वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। यो चालु आर्थिक वर्षको विनियोजनभन्दा १.७ प्रतिशत र संशोधित अनुमानभन्दा १२ प्रतिशतले बढी हो।

विज्ञापन

बजेटमा स्थानीय तहमा वित्तीय हस्तान्तरणको लागि ४ अर्ब ७० करोड ७२ लाख विनियोजन गरिएको छ। खर्च व्यहोरिनेस्रोतहरूमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदान ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदान ३९ करोड १७ लाख, र विशेष अनुदान ५५ करोड ७२ लाख गरी कुल ३२ अर्ब ७४ करोड ७९ लाख जुटाइनेछ। बाँकी ३ अर्ब १३ करोड रुपैयाँ भने मौज्दात रकमबाट व्यहोर्ने उल्लेख छ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ, जसअन्तर्गत १० अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, खानेपानी, सिँचाइ तथा उर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगमा २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिक क्षेत्रका लागि २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यमा ३ अर्ब ५१ करोड ७१ लाख र शान्ति सुरक्षाका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ।

यो बजेटले कोसी प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Koshi Budget 2082

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka