नोट: यो समाचार २ महिना अघिको हो
विराटनगर । सरकारले नेपाल टेलिकममा ६६ प्रतिशत शेयर सरकारकै स्वामित्वमा राख्दै बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने व्यवस्था गरिने जानकारी दिए ।
सरकारलाई आवश्यक सूचना प्रविधिसम्बन्धी खरिद प्रक्रिया एउटै निकायमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री वाग्लेले सार्वभौम एआई केन्द्र स्थापना गरिने घोषणा गर्दै कृत्रिम बौद्धिकता (एआई) उद्योगलाई सहुलियत प्रदान गरिने बताए । एआईमा आधारित पूर्वाधार निर्माण गर्ने योजना समेत बजेटमा समेटिएको छ ।
त्यसैगरी विदेशमा रहेका १५ जना एआई विज्ञलाई नेपाल फर्किन आमन्त्रण गरिने सरकारको योजना रहेको उनले जानकारी दिए ।
