Premier Cables
Premier Steel

समाचार

साउनमा कोसी सरकारको खर्च आठ करोड २८ लाख

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न २:१० बजे

विराटनगर । चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा कोसी सरकारले कुल आठ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये चालुतर्फ आठ करोड १२ लाख र पुँजीगततर्फ १६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

गत आवको साउनमा संघीय अनुदान फिर्ता गरेकाले चालु खर्च बढी देखिएको मन्त्रालयको भनाइ छ ।

बिज्ञापन

त्यसैगरी, सोही अवधिमा प्रदेशको आन्तरिक कोषमा १९ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र स्थानीय तहमा दिइने अनुदानमा विभाजित छ ।

बजेट खर्चको स्रोतमा आन्तरिक राजस्व, संघीय राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सर्तसहितको अनुदान, विशेष अनुदान, पूरक अनुदान, रोयल्टी र नगद मौज्दात छन् ।

प्रदेश सरकारले बजेटको प्रभावकारी कार्यान्वयनका लागि खर्च संरचना र स्रोत व्यवस्थापनलाई थप सन्तुलित बनाउने चुनौती सामना गरिरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka